चलचित्र ज्याकी आइएम २१ को गीत ‘कथा’ सार्वजनिक

March 30, 2023 no comments Femnepal Categories Music

नेपाली चलचित्र ज्याकी आइएम २१ को गीत कथा सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै अभिनेता धिरज मगरले गीत र फिल्मको सुटिङमा सबैले धेरै नै मेहनत गरेकाले राम्रो चलचित्र बनेको बताउनु भयो । उहाँले विगतमा झैँ यस फिल्ममा पनि दर्शकहरुले साथ र सहयोग गरी मन पराउनेमा विश्वस्त रहेको बताउनु भयो । त्यस्तै अभिनेत्री जसिता गुरुङले मेहनतको फल मिठो हुने र त्यो हेर्न अब लामो समय कुर्नु नपर्ने बताउनु भयो ।