नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

March 30, 2023 no comments Femnepal Categories Music

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला (क्रकोच), प्रियना आचार्य (मुन्नी), पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य (काकु) ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताउनु भयो । उहाँले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको उल्लेख गर्नुभयो ।